चिप्स उत्पादनमा एकाधिकार तोड्न अमेरिकाले अघि बढायो महत्वपूर्ण विधेयक – Nepal Press

चिप्स उत्पादनमा एकाधिकार तोड्न अमेरिकाले अघि बढायो महत्वपूर्ण विधेयक

काठमाडौं । इलोक्ट्रोनिक्स चिप्स उत्पादनमा चीनको एकाधिकार तोड्न अमेरिकाले महत्वपूर्ण विधेयकलाई अगाडि बढाएको छ ।

उक्त विधेयकअनुसार चिप्स तथा सेमीकन्डक्टर उत्पादन गर्ने कम्पनीहरुलाई २ सय अर्ब अमेरिकी डलर अनुदान दिइने अन्तर्राष्टिय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकाले अगाडि बढाएको उक्त योजनालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले शताब्दीकै महत्वपूर्ण योजनाको संज्ञा दिएका छन् ।

’अब भविष्य अमेरिकामै निर्माण हुन्छ, यसलाई शताब्दीकै महत्वपूर्ण योजनाको रुपमा लिन सकिन्छ ।’ बाइडेनलाई उद्धृत गर्दै अल्जाजिराले जनाएको छ ।

चीन र ताइवानबीच चलिरहेको विवादका कारण हाल विश्व बजारमा एलोक्ट्रोनिक्स चिप्सको संकट आउन सक्ने प्रबल सम्भावना रहेको छ । चीनले ताइवानमाथि आक्रमण गरिहालेको सन्दर्भमा विश्व बजारमा इलोक्ट्रोनिक्स चिप्सको आपूर्ति ७० प्रतिशतले घट्न सक्ने बताइन्छ ।

अमेरिकी वाणिज्य विभागले अनुदान आवेदनहरूको मूल्याङ्कन गर्नका लागि हालसम्म कुनै पनि मापदण्डहरु तयार पारिनसकेको हुँदा यो योजना कहिलेदेखि लागु हुनेछ भन्ने बारे भने अहिले प्रष्ट छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर