आठौँ पटक बिहारको मुख्यमन्त्री बन्दै नितिश कुमार, सात दलको समर्थनमा – Nepal Press

आठौँ पटक बिहारको मुख्यमन्त्री बन्दै नितिश कुमार, सात दलको समर्थनमा

काठमाडौं । भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएका जनता दल (युनाइटेड)का नेता नितिश कुमार बिहारको आठौँ पटक मुख्यमन्त्री बन्ने भएका छन् ।

अन्य सात दलको समर्थनमा आज कुमारले आठौ पटक बिहारको मुख्यमन्त्रीको रुपमा सपथ लिने भएका छन् ।

राजद–कांग्रेससहित ७ दलको सहकार्यमा नितिश कुमारले बुधबार राजभवनमा आठौँ पटक मुख्यमन्त्रीको सपथ लिने भारतिय संचार माध्यमहरुले जनाएका छन् । नितिशले हिजो मात्र भारतिय जनता पार्टीको साझेदारी अन्त्य गरेका थिए ।

बिहार राज्य विधानसभामा भारतीय जनता पार्टीका ७७ जना विधायक रहेका छन् भने जनता दल युनाइटेड राजद लगायतका दलको साझेदारीमा नितिशको बहुमत रहेको छ । सातदलको साझेदारीबाट तेजस्वी यादव उपमुख्यमन्त्री बन्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर