सिर्जनाको अनुभवजन्य सुझाव- चुनाव एक्लै लडौँ, गठबन्धनले अस्तव्यस्त बनाउँछ – Nepal Press

सिर्जनाको अनुभवजन्य सुझाव- चुनाव एक्लै लडौँ, गठबन्धनले अस्तव्यस्त बनाउँछ

काठमाडौं । गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनेर पराजित भएकी नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले संसदीय चुनावमा दलहरूले आ-आफ्ना उम्मेदवार उठाएर प्रतिस्पर्धा गर्नु उपयुक्त हुने सुझाव दिएकी छन् । कांग्रेस पदाधिकारी बैठकको पूर्वसन्ध्यामा उनले यस्तो सुझाव दिएकी हुन् ।

सत्ता गठबन्धनको कार्यदलले चुनावी सीट बाँडफाँटका लागि प्रयास गरिरहेका बेला महानगरको गठबन्धन अनुभव शेयर गर्दै उनले बहुमत नआएमा चुनावपछि गठबन्धन गर्दा उपयुक्त हुने बताएकी छन् ।

सिंहले ट्वीटरबाट आफ्नो सुझाव सार्वजनिक गर्दै गठबन्धनले अन्यौल र अस्तव्यस्तमात्र हुने गरेको बताएकी छन् ।

उनको सुझाव छ, ‘संसदीय चुनावमा आ-आफ्नो पार्टी आफ्नै चुनाव चिन्ह र गठबन्धन नगरी सबैले आ-आफ्ना उम्मेदवार उठाउने बरू बहुमत नआए गठबन्धन गर्दा हुन्छ । स्थानीय चुनावमा देखेको भोगेको, गठबन्धनले अन्यौल र अस्तव्यस्तबाहेक केही गर्दैन ।’

माओवादीले काठमाडौंमा कम्तीमा २ सिट र नेकपा एसले पनि २ सीट दाबी नछाड्ने भनिरहेका बेला सिर्जना सिंहको यो सुझावलाई अर्थपूर्ण रूपमा लिइएको छ । कांग्रेस पदाधिकारीको बैठक आज बस्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर