गोकुलको टिप्पणी- ‘भाइ कांग्रेस’ ले समाजवादी स्याउ फलाउन सक्दैनन् – Nepal Press

गोकुलको टिप्पणी- ‘भाइ कांग्रेस’ ले समाजवादी स्याउ फलाउन सक्दैनन्

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले एमालेको नीति एमालेकै नेतृत्व रहेको बताएका छन् । ट्वीटरमा एक अभिव्यक्ति सार्वजनिक गर्दै उनले एमाले एक्लो हुँदा पनि आफ्नै नीतिमा अडिक रहेको बताएका छन् ।

‘एमाले एक्लो परेकोमा कसैलाई बहुत तोड परेछ । पीरले होइन, खुसीले,’ उनले लेखेका छन्, ‘बहुत राम्रो र स्पष्ट विष्लेषण । किनकी देशमा पार्टी भनेकै एमाले छ । अरु त गठबन्धन भैहाले ।’

नेता बाँस्कोटाले एमाले बनाएको एमाले हुनकै लागि रहेको भन्दै अगाडि लेखेका छन्,‘एमालेको नीति एमालेकै नेतृत्व । रुखको नेतृत्वमा भाइ कांग्रेस हुने वामपन्थीले समाजवादी स्याउ फलाउन सक्दैनन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर