गठबन्धनमा सीट दाबीबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै – Nepal Press

गठबन्धनमा सीट दाबीबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । आगामी निर्वाचनमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सीट बाँडफाँटबारे छलफल गर्न सानेपामा कांग्रेस पदाधिकारी बैठक बस्दैछ ।

बिहीबार बस्ने सीट बाँडफाँटसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि बुधबार कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो ।

गठबन्धनबीच भागबण्डा गर्दा १६५ मध्ये १०० सीटलाई बटमलाइन बनाउन सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामाथि ठूलो दबाब छ । तर, गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राजमो कांग्रेस उदार भएर प्रस्तुत हुनुपर्ने बताइरहेका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक बसेको थियो । सो बैठकले २२ दिने चुनावी अभियान र दुई दिने जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर