राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरे सरकारले फेरी लैजान्छ : प्रचण्ड (भिडिओ) – Nepal Press

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरे सरकारले फेरी लैजान्छ : प्रचण्ड (भिडिओ)

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरे सरकारले फेरी संसद्मा पेश गरेर पारित गराउने बताएका छन् ।

नेपाल पत्रकार महासंघ जापानका पदाधिकारीहरूसँग जापानको टोकियोमा कुराकानी गर्दै राष्ट्रपतिले विधेयक एक पटक मात्रै फिर्ता गर्न पाउने भएकाले फिर्ता गरे सरकारले फेरी पेश गर्ने उल्लेख गरेका हुन ।

‘राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नु हुन्छ जस्तो मलाई लाग्दैन’ प्रचण्डले भने ’फिर्ता गरे सरकारले फेरी लैजान्छ, त्यसमा समस्या छैन ।’ नागरिकता विधेयकमा कुनै नयाँ व्यवस्था नगरिएको उल्लेख गर्दै प्रचण्डले विगतकै व्यवस्था अनुसार अहिलेको विधेयक आएको हो ।


प्रतिक्रिया

4 thoughts on “राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरे सरकारले फेरी लैजान्छ : प्रचण्ड (भिडिओ)

  1. तिम्रो बाउको बिर्ता हो र नागरिक बिधेयक पारित गर्ने जुन काम देश र जनता को लागि हानिकारक छ किन बिदेशी हरु लाई नागरिता बितरण गर्ने आफ्नो देश को कति पय नेपाली दाजु-भाइ ,दिदीबहिनीहरुले नागरिता अहिले सम्म पाउन सकेको छैन ।बिदेशी लाई नागरिता बितरण गर्ने थुक्क नलायक सरकार ।हुने काम पो गर्ने ।देश र जनता ले मागेको माग त पूरा गर्न सकेको छैनस।हुने नहुने काम गर्छु भन्दै हिन्न लाज लाग्दैन ।हु न जंगली त परियो अबुझ।

  2. सरकारले फेरि लैजान्छ किनकी मैले दक्षिणबाट नजराना बुझिसकेको छु।

  3. तिमले त्यही गर्छौ भन्नेमा सबै बिश्वस्त छौ अरु आसा तिमी बाट के नै हुन्छ

Leave a Reply to s.c.muskan Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर