केन्या भ्रमणका लागि नेपाली क्रिकेट टिमको घोषणा, ज्ञानेन्द्रको पुनरागमन – Nepal Press

केन्या भ्रमणका लागि नेपाली क्रिकेट टिमको घोषणा, ज्ञानेन्द्रको पुनरागमन

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले केन्यासँगको अन्तर्राष्ट्रिय सिरिजका लागि टिम घोषणा गरेको छ । केन्यासँग हुने टी-२० र एक दिवसीय सिरिजका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्य रहेको टिम घोषणा भएको हो ।

टिममा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल पनि समेटिएका छन् । विकेटकिपर विनोद भण्डारी र ब्याट्सम्यान कुशल भुर्तेल टिमबाट बाहिरिएका छन् ।अर्जुन साउद पहिलो पटक टोलीमा परेका छन् ।

नेपालले यहीँ अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्याको भ्रमण गर्नेछ । नेपालले केन्यासँग ५ खेलको टी-२० र ३ खेलको एक दिवसीय सिरिज खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर