गठबन्धनमा हाम्राे पनि हक लाग्छ : बाबुराम, अरूसँग सल्लाह गरेर खबर गर्ने देउवाकाे भनाइ – Nepal Press

गठबन्धनमा हाम्राे पनि हक लाग्छ : बाबुराम, अरूसँग सल्लाह गरेर खबर गर्ने देउवाकाे भनाइ

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टाराईबीच गठबन्धनमा सामेल हुनेबारे छलफल भएको छ ।

आज अपरान्ह भएको भेटवार्तामा भट्टराईको नयाँ पार्टीलाई गठबन्धनमा सहभागी गराउन आफू पनि सकारात्मक भएको देउवाले बताएका छन् ।

आफैंले बनाएको गठबन्धन छाड्ने चाहना बाबुरामको छैन ।

अर्का अध्यक्ष महिन्द्र राय यादवसहित बालुवाटार पुगेका भट्टराईले चुनावी गठबन्धनकै बारेमा छलफल गरेको नेसपाका नेता विश्वदीप पाण्डेले बताएका छन् ।

‘मैले पनि सोचिरहेको थिएँ गठबन्धनमा तपाईँहरुलाई पनि सहभागी गराएर जानुपर्छ भनेर ।’, प्रधानमन्त्री देउवाले भने, ‘म सकारात्मक छु । एकपटक म अन्य गठबन्धनका दलहरुसँग पनि सल्लाह गरेर खबर गर्छु ।’

जवाफमा भट्टराईले भने, ‘यो गठबन्धन बनाउन हाम्रो पनि ठूलो भूमिका छ । त्यसकारण यो गठबन्धनमा हाम्रो पनि हकदाबी लाग्छ ।’

उनीहरुबीचको कुराकानी सकारात्मक भएको र केही दिनपछि फेरि छलफल गरेर निष्कर्षमा पुग्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर