बागमती प्रदेश सरकार मातहतका कर्मचारीले मासिक २ हजार महँगी भत्ता पाउने – Nepal Press

बागमती प्रदेश सरकार मातहतका कर्मचारीले मासिक २ हजार महँगी भत्ता पाउने

हेटौँडा । बागमती प्रदेश सरकारको प्रदेश मातहतमा रहेका कार्य गरिरहेका करारका कर्मचारीहरूले अब मासिक २ हजार रुपैयाँको दरले महँगी भत्ता पाउने भएका छन् ।

मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले करार सेवामा रहेका कर्मचारीलाई मासिक २ हजारको दरले महँगी भत्ता दिने निर्णय गरेका सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण शर्मा खनालले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको मकवानपुर बहुमुखी सहकारी संस्था लिमिटेडको नाममा रहेको कित्ता नम्बर १८३ को १२ कट्ठा १२ धुर जग्गामा संरचना बनाउने गरी अनुमतिका लागि सिफारिस माग गरिएको प्रवक्ता खनालले बताए ।

बैठकले लेखाको सूत्र बन्द भएर भुक्तानी हुन बाँकी रहेको करिब ३ अर्ब रुपैयाँ रकमको यकिन विवरण संकलन गरेर भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर