‘कुकुर कामी’ हटाउन जिल्ला प्रशासनमा निवेदन, कविरामको नाममा अर्को नागरिकता जारी हुने – Nepal Press

‘कुकुर कामी’ हटाउन जिल्ला प्रशासनमा निवेदन, कविरामको नाममा अर्को नागरिकता जारी हुने

काठमाडौं । कुकर कामीको नामबाट जारी भएको नागरिकता नाम संशोधन सहित प्रतिलिपि दिइने भएको छ । दैलेख जिल्ला प्रशासन कार्यालयमा मंगलवार कविराम कामीले आफ्नो नागरिकताबाट ‘कुकुर कामी’ हटाएर कविराम कामी कायम गर्न निवेदन दिएका छन् ।

आफूलाई गाउँमा चिनाउने र चिन्ने नाम कविराम कामी भएपनि गाउँमा जिस्किएर बोलाउने नाम कुकुर कामीबाटै तत्कालीन प्रधानपञ्चले सिफारिस गरेको आधारमा नागरिकता टोलीले नागरिकता दिएको उनले बताएका छन् ।

२०४६ सालमा गाउँमा खटिएको नागरिकता वितरण टोलीले प्रधानपञ्चको सिफारिसअनुसार नागरिकता दिएपछि त्यो नामले हीनता र अपमान भइरहेको भन्दै उनले कुकर कामीको सट्टा कविराम कामी उल्लेख गरेर नागरिकता प्रतिलिपि पाउँदै भन्दै उनले निवेदन दिएको स्थानीय पत्रकार अमर सुनारले जनाए ।

पत्रकार सुनारका अनुसार प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले प्रक्रियामा लिएर छिट्टै नाम संशोधन गरेर नागरिकताको प्रतिलिपि दिने प्रतिबद्धता जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर