बालुवाटारमा बाबुराम र महिन्द्रको मन्त्रणा– नेसपा बन्ला गठबन्धनको छैटौं दल ? – Nepal Press

बालुवाटारमा बाबुराम र महिन्द्रको मन्त्रणा– नेसपा बन्ला गठबन्धनको छैटौं दल ?

काठमाडौं । एक वर्षअघि प्रधानमन्त्री शेरवहादुर देउवालाई सत्ताको नेतृत्वमा पुर्‍याउन लगभग निर्णायक पात्र थिए बाबुराम भट्टराई । उपेन्द्रसँग रुष्ट भएका आधा दर्जन बढी सांसदहरु महन्थतिर जान लाग्दा उनैले जसपामा रोकेर सत्ता गठबन्धनलाई सेफ जोनमा पुर्‍याएका थिए ।

तर ठिक एक वर्षअघि महन्थ ठाकुरकै जसरी बाबुरामको पनि जसपाबाट बिर्सनलायक बहिर्गमन भयो । उनी मंगलबार अपरान्ह नयाँ पार्टी नेपाल समाजवादी पार्टीको अध्यक्षका हैसियतमा प्रधानमन्त्री देउवासँग छलफल गर्न बालुवाार पुगे ।

बाबुरामप्रति देउवा र गठबन्धनका अर्का नेता प्रचण्ड पनि सकारात्मक छन् ।

चुनावको घोषणा भइसकेको अवस्थामा भट्टराईले आफ्नो पोजिसन बलियो बनाउन छलफल थालेका छन् । उनको प्राथमिकता सत्ता गठबन्धनमै कायम रहने छ ।

आफैंले बनाएको गठबन्धन छाड्ने चाहना बाबुरामको छैन । प्रधानमन्त्री देउवासँगको छलफलमा पनि उनले सम्भवतः यही विषयमै जोड दिएका छन् । अर्का अध्यक्ष महिन्द्र राय यादवसहित बालुवाटार पुगेका भट्टराईले चुनावी गठबन्धनकै बारेमा छलफल गरेको नेसपाका नेता विश्वदीप पाण्डेले बताएका छन् ।

गठबन्धनमा बाबुरामलाई समेट्नेबारे छलफल भए पनि अहिलेसम्म कुनै निर्णय भएको छैन र पाँच दलकोमात्र कार्यदलले सिट बाँडफाँटको काम गरिरहेको छ । राजनीतिका परिपक्व खेलाडी बाबुराम भट्टराईले देउवा र एमाले अध्यक्ष केपी शर्मा अ‍ोली दुवैतिर छलफल अघि बढाइरहेको स्रोतले जनाएको छ ।

मंगलबारको प्रधानमन्त्रीसँगको छलफल र त्यसपछि सत्ता गठबन्धनले लिने निर्णयका आधारमा बाबुरामको पार्टीले गठबन्धनबारे आफ्नो पोजिसन प्रष्ट पार्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर