समस्याग्रस्त तीन वटा सहकारीको कार्यालय नै गायब ! – Nepal Press

समस्याग्रस्त तीन वटा सहकारीको कार्यालय नै गायब !

काठमाडौं । सहकारी व्यवस्थपन समितिले कोहीनुर हिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, भेगास बचत तथा ऋण सहकारी संस्था र चार्टड सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको सञ्चालकका साथै कार्यालयसमेत फेला पार्न नसकेको जनाएको छ ।

यी तीन वटै सहकारी २०७५ असार १८ गते समस्याग्रस्तको सूचीमा परेका थिए । २०७० सालमा नै गौरी बहादुर कार्की आयोगको प्रतिवेदनले यी सहकारीमा समस्या भएको देखाएको थियो ।

तर सरकारले ५ वर्षपछि मात्र समस्याग्रस्त घोषणा गर्दा उनीहरुको कार्यालय नै गायब भइसकेको थियो । नरेश प्रसाद श्रीवास्तव अध्यक्ष रहेको कोहिनुरमा ९ जना सञ्चालक, भेगासमा १२ जना र चार्टड सेभिङमा १७ जना सञ्चालक तथा कर्मचारी रहेको देखिन्छ ।

बढी ब्याज पाउने प्रलोभनमा बचतकर्ता पर्दा पछिल्लो समय सहकारीहरुले बदमासी गरिरहेका छन् । जथाभावी घरजग्गा र सेयरमा लगानीकर्ता सहकारी डुबेको देखिएको समितिले जनाएको छ ।

हाल १२ वटा सहकारी समस्याग्रस्त छन् । ११ वटालाई समस्याग्रस्त सहकारी व्यवस्थपन समितिले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *