नरदेवीबाट ७४ लाख रुपैयाँसहित ३ जना हुण्डी कारोबारी पक्राउ – Nepal Press

नरदेवीबाट ७४ लाख रुपैयाँसहित ३ जना हुण्डी कारोबारी पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ७४ लाख रुपैयाँसहित काठमाडौंको नरदेवीबाट ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको राजस्थानका ६४ वर्षीय राजु अग्रवाल, सिन्धुपाल्चोकको मेलम्चीका २० वर्षीय रामहरी दुलाल र रौतहटको चन्द्रपुरका २४ वर्षीय सुदिप आचार्य रहेका छन् । उनीहरु हुन्डी कारोबार हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकालाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *