कालो झण्डा देखाउने त्रासमा प्रधानमन्त्रीको कार्यक्रमबाट शङ्कास्पद केही व्यक्ति निकालिए – Nepal Press

कालो झण्डा देखाउने त्रासमा प्रधानमन्त्रीको कार्यक्रमबाट शङ्कास्पद केही व्यक्ति निकालिए

काठमाडौं । विश्व आदिवासी दिवसका अवसरमा आज प्रज्ञा भवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भए । कार्यक्रममा प्रहरीले प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन सक्ने आशंकामा तीन जनालाई बाहिर निकालेको छ ।

केही दिनअघि प्रज्ञा भवनमै केही व्यक्तिले कालो झण्डा देखाउँदै प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेका थिए । आज पनि त्यस्तै गतिविधि दोहोरिन सक्ने चिन्ताका कारण सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो । यस क्रममा प्रहरीले तीन व्यक्तिलाई शंकाको भरमा कार्यक्रम हलबाट बाहिर निकाल्यो ।

प्रधानमन्त्री कार्यक्रममा छोटो अवधि मात्रै बसे । उनको मन्तव्य पनि निर्धारितभन्दा अगाडि सारिएको थियो । आफ्नो संक्षिप्त सम्बोधन सकेर व्यस्तताको कारण देखाउँदै उनी कार्यक्रमबाट हिँडेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर