राष्ट्र बैंकले माग्यो भाषाविद, कति चाहिन्छ योग्यता ? – Nepal Press

राष्ट्र बैंकले माग्यो भाषाविद, कति चाहिन्छ योग्यता ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले भाषाविद माग गरेको छ । त्यसका लागि दरखास्त आह्वान गरेको छ ।

राष्ट्र बैंकको प्रकाशन निर्देशिका २०७९ अनुसार भाषाविद (सम्पादक)हरुको सूची तयार गर्नका लागेको भन्दै इच्छुक व्यक्तिलाई दरखास्त आह्वान गर्न भनेको छ । नेपाली र अंग्रेजी भाषाविदका इच्छुकले आगामी भदौ १० गतेभित्र भित्र इमेल पठाउन भनेको छ ।

नेपाली भाषाविदका लागि न्यूनतम योग्यता नेपाली भाषा मुख्य विषय लिई कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी ५ वर्ष वा सो भन्दा बढी कार्य अनुभव भएको हुनुपर्ने छ भने अग्रेजी भाषाविद्का लागि न्यूनतम अंग्रेजी भाषा मुख्य विषय लिई कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी ५ वर्ष वा सो भन्दा बढी काम गरेको हुनुभव हुनुपर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *