काठमाडौंको फोहोर व्यवस्थापन गर्न नदिन चलखेल भएको बालेनको आरोप, गाडी तोडफोड गर्नेबाटै क्षतिपूर्ति भराउने – Nepal Press

काठमाडौंको फोहोर व्यवस्थापन गर्न नदिन चलखेल भएको बालेनको आरोप, गाडी तोडफोड गर्नेबाटै क्षतिपूर्ति भराउने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले काठमाडौंको फोहोर लिएर गएको गाडीमाथि भएको तोडफोडलाई लिएर कडा प्रतिक्रिया जनाएका छन् । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिने चलखेलस्वरुप गाडीमा तोडफोड भएको उनको टिप्पणी छ ।
तोडफोड गरिएको टिपर तथा डोजरको फोटोसहित सामाजिक सञ्जालमा स्टाटस लेख्दै साहले आफ्नो आक्रोश व्यक्त गरेका हुन् । वर्षौंदेखिको फोहोरलाई व्यवस्थित गर्दा चरणवद्धरुपमा नयाँ–नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको उनले बताएका छन् ।
साहले लेखेका छन्, ‘हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ ।’

बालेनले फोहोर व्यवस्थापनप्रति आफू सुरुवातदेखि नै संवेदनशील र क्रियाशील भएको र आफ्नो पहिलो प्राथमिकताको विषय भएको उल्लेख गरेका छन् ।

उनले कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध भएको भन्दै कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट भएको पनि बताएका छन् । तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्ने भन्दै उनले त्यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको पनि जनाएका छन् ।

‘केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिँदैन,’ साहले भनेका छन्, ‘कुनै पनि बहानामा फोहोर व्यवस्थापनमा अबरोध गर्ने प्रयास नगरौं ।’

यस्तो छ साहको स्टाटसः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर