लचक भए बालेन : नर्भिकलाई जग्गा खाली गर्न आवश्यक समय दिने – Nepal Press

लचक भए बालेन : नर्भिकलाई जग्गा खाली गर्न आवश्यक समय दिने

काठमाडौं । काठमाडौं महानगरपालिका र नर्भिक अस्पतालबीच ‘सरकारी जग्गामा निर्माण गरिएका संरचना भत्काउने विषयमा समझदारी भएको छ ।

दुवै पक्षका इन्जिनियर राखेर त्यहाँ रहेका अक्सिजन प्लान्ट हटाउन लाग्ने समय निर्क्याैल गर्ने र महानगरले त्यति समय प्रदान गर्ने समझदारी भएको हो ।

काठमाडौं महानगरका मेयर बालेन्द्र साह हिजो आफैं नर्भिक अस्पताल पुगेर सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन चेतावनी दिएका थिए । मेयरको निर्देशनमा महानगरले २४ घन्टे अल्टिमेटमसहितको सूचना अस्पतालमा टाँस गरेको थियो । उक्त अल्टिमेटम आज २ बजेसम्मका लागि थियो ।

अल्टिमेटम सकिएलगत्तै मेयर साह आज फेरि नर्भिक अस्पताल पुगे । उनलाई अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले नक्शा लगायतका कागजातहरु देखाए । उनले सरकारसँग २० वर्षका लागि लिज सम्झौता गरेर १ रोपनी १० आना जग्गा अस्पतालले भोगचलन गरिरहेको बताएका छन् ।

मेयर साहले भने सरकारी जग्गामा नक्शा पास नगरिकन संरचना बनाउन नपाइने सम्झाएका थिए । टहरा नै भए पनि नक्शा पास गराउनुपर्ने उनको भनाइ थियो । त्यसपछि सिंहले आफूहरु नक्शा पास गराउन तयार रहेको भन्दै त्यसका लागि समय दिन आग्रह गरे । साह त्यसमा तयार भएनन् । उनले जग्गा नै खालि गर्नुपर्ने अडान राखे । अस्पतालले यसका लागि समय माग गर्यो ।

अन्ततः दुवै पक्षका मेडिकल र स्ट्रक्चरन इन्जिनियर राखेर उक्त जग्गामा रहेका अक्सिजन प्लान्ट लगायतका सामग्री सार्नका लागि आवश्यक समय निक्र्यौल गर्न दुवै पक्ष तयार भएका छन् । इन्जिनियरहरुले दिने सुझाव अनुसार महानगरले समय उपलब्ध गराउने र त्यस समयभित्र नर्भिकले संरचना खाली गर्ने समझदारी भएको हो ।

नर्भिक अस्पताल र भूमि सुधार कार्यालयबीच २०६५ जेठ १ मा २० वर्षका लागि लिज सम्झौता भएको थियो । सम्झौतामा १ रोपनी ८ आना १ पैसा १ दाम क्षेत्रफलको जग्गा नर्भिकले प्रयोग गरेवापत वार्षिक ३७ हजार ९८९ रुपैयाँ भाडा तिर्ने उल्लेख छ । उक्त भाडादर प्रत्येक वर्ष १० प्रतिशत बढ्ने पनि सम्झौतामा जनाइएको छ । उक्त सम्झौताको अवधी अझै ८ वर्ष बाँकी छ ।

सरकारले आफ्नो जग्गा लिन चाहेमा कानुन अनुसार नै अगाडि अस्पतालका अध्यक्ष सिंहले बताए ।

उनी भन्छन्, ‘हामीलाई हटाउन नै चाहेको हो भने पनि ३ महिनाअघि नै जानकारी दिनु पर्छ । हामीले छाड्ने हो भने पनि जग्गा लिएको निकाय भूमिसुधारलाई ३ महिना अगाडि नै जानकारी गराउने दुई पक्षबीच सम्झौता भएको छ । केही घण्टामा नै खाली गर भन्न मिल्दैन,’ सिंहले भने ।

हिजो नर्भिकले महानगरलाई पठाएको पत्र यस्तो छ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर