संसदीय समितिमा सदस्यको हेरफेरः रामकुमारी झाँक्री अर्थ र किसान श्रेष्ठ राज्य व्यवस्थामा – Nepal Press

संसदीय समितिमा सदस्यको हेरफेरः रामकुमारी झाँक्री अर्थ र किसान श्रेष्ठ राज्य व्यवस्थामा

काठमााडैं । प्रतिनिधिसभाअन्तर्गत रहेको संसदीय समितिमा सदस्यको हेरफेर भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले यसबारे जानकारी गराएका हुन् ।

जसअनुसार पूर्वशहरी विकासमन्त्री रामकुमारी झाँक्री अर्थ समितिमा, पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा सार्वजनिक लेखा समितिमा परेका छन् ।

यस्तै सांसद धनबहादुर बुढालाई सार्वजनिक लेखा समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा सारिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर