संघमा ४० र प्रदेशसभामा ४२ प्रतिशत महिला पुर्‍याउने सरकारको लक्ष्य – Nepal Press

संघमा ४० र प्रदेशसभामा ४२ प्रतिशत महिला पुर्‍याउने सरकारको लक्ष्य

काठमाडौं । सरकारले सन २०३० सम्ममा संघीय संसदमा ४० प्रतिशत, प्रदेश सभामा ४२ प्रतिशत महिला प्रतिनिधित्व गराउने लक्ष्य रहेको जनाएको छ ।

मंगलबार प्रतिनिधिसभामाको बैठकमा सरकारको तर्फबाट धारणा राख्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले यस लक्ष्यमा सरकार प्रतिवद्ध रहेको बताए ।

आगामी निर्वाचनमा प्रदेश र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउनुपर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसद विन्दा पाण्डेले सरकारको ध्यानाकर्षण गराएपछि त्यसको जवाफ दिँदै मन्त्री बन्दीले सरकारको यो लक्ष्यमा दलहरु पनि प्रतिवद्ध रहेको बताए ।

२०७४ सालको निर्वाचनमा प्रत्यक्षमा पुरुष र समानुपातिकमा महिला मात्र निर्वाचित हुने जस्तो प्रवृति देखा परेको भन्दै सांसद पाण्डेले प्रश्न उठाएकी थिइन् । जवाफमा मन्त्री बन्दीले भने, ‘२०७९ को निर्वाचनमा विगतमा जस्तो नहोस् भनेर कुरा उठाउनुभएको छ । यसमा राजनीतिक इच्छाशक्ति नै आवश्यक छ भन्ने लाग्छ ।’

मन्त्री बन्दीले नेपालको संविधानले एकात्मक संरचनामा रहेको राज्य प्रणालीलाई संघीय लोकतान्त्रिक संरचनामा बदल्दै जाँदा समावेशी र समानुपातिक सहभागिता गराउने बाचा गरेको उल्लेख गर्दै यसका लागि राजनीतिक इच्छा शक्तिको पनि उत्तिकै भूमिका रहने बताएका छन् ।

उनले भने, ‘यो व्यवस्था कार्यान्वयनका लागि कानुन संशोधन आवश्यक छ । साथसाथै राजनीतिक इच्छाशक्तिमा भर पर्छ । यसकारण दललाई प्रोत्सानन गर्न आवश्यक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर