संखुवासभामा १९ वर्षीया किशोरी बलात्कृत – Nepal Press

संखुवासभामा १९ वर्षीया किशोरी बलात्कृत

संखुवासभा । संखुवासभामा १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा चैनपुर नगरपालिका- ९ पिलुखोला बस्ने २१ वर्षीय दीपक शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

मादी नगरपालिका- ६ पुलुङस्थित सामुदायिक जंगलमा दीपकले ती किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाबाट खटिएको प्रहरीले दीपकलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *