नागरिकतामा ‘कुकुर’, ‘कुकुर्नी’ लेख्ने कर्मचारीलाई कारबाही गर्न सांसद जैरुको माग (भिडिओ) – Nepal Press

नागरिकतामा ‘कुकुर’, ‘कुकुर्नी’ लेख्ने कर्मचारीलाई कारबाही गर्न सांसद जैरुको माग (भिडिओ)

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीकी सांसद निरुदेवी जैरुले दलित समुदायको नागरिकतामा नाम बिगार्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने माग गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले संविधानमा दलितलाई अग्रस्थानमा राख्ने लेखिएकाले राज्यले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताउँदै सभामुखसँग ‘रुलिङ’ गर्नसमेत माग गरेकी छन् ।

उनले भनिन्, ‘६० लाख दलितको भोटले निर्वाचित हुने हामी सांसदलाई लज्जित बनाएको छ । नागरिकतामा ‘कुकुर’ र ‘कुकुर्नी’ लेख्ने प्रशासकीय अधिकृतलाई गृह मन्त्रालयमा बोलाइयोस् र निलम्बन गरियोस्’ ।

सोमबारमात्रै गृह मन्त्रालयले नागरिकता वितरण गर्दा नागरिकतामा अपमानजनक शब्द नलेख्न र लेखिसकेको अवस्थामा त्यसलाई सच्याउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर