कांग्रेस सांसद मुसलमान भन्छन्- घर जानेबेला भइसक्यो, एम अधिकारी को हुन् भन्ने थाहा भएन – Nepal Press

कांग्रेस सांसद मुसलमान भन्छन्- घर जानेबेला भइसक्यो, एम अधिकारी को हुन् भन्ने थाहा भएन

काठमाडौं । नेपाली कांग्रेसका सांसद अतहर कमल मुसलमानले एम अधिकारी को हुन् भन्ने कुरा संसदले पत्ता लगाउन नसकेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकअन्तर्गत शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘हामीले संसदमा पटक–पटक उठेको एम अधिकारीलाई हामीले पहिचान गर्न सकेनौं । के हामी घर जाँदाजाँदै एम अधिकारीको पहिचान गर्न सक्छौं ?’, उनले भने, ‘हामीले जनतालाई के जवाफ दिने ? महाप्रसाद अधिकारी हुन् कि माधव अधिकारी हुन् कि ? कहाँका बासिन्दा हुन् ? राष्ट्र बैंकका गभर्नर हुन् वा कुनै कृषक ।’

यसको जानकारी प्राप्त भए जनताको माझमा जाँदा कम्तिमा संसदले यो कुरा पत्ता लगाएको भन्न सकिने उनले बताए ।


प्रतिक्रिया

One thought on “कांग्रेस सांसद मुसलमान भन्छन्- घर जानेबेला भइसक्यो, एम अधिकारी को हुन् भन्ने थाहा भएन

  1. जाउँ बुढा तिमीलाई किन चाहियो? शेरबहादुर र आरजुसँग देशको बजेट बनाउँदा समेत कमिशन खाएको/सुपारी/औषधी/स्यानिटरी प्याड/एसपिपि लागतयको कमिशनको भाउ माग । प्रचण्ड र दारी मुसालाई सोध । जनतालाई बताउन लायक के काम गरेका छौ र अहिले तिमीलाई एम अधिकारी चाहियो? सिसिटिभि फुटेज जनताले खोज्दैनन्?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर