ट्रम्पको घरमा एफबीआईको छापा – Nepal Press

ट्रम्पको घरमा एफबीआईको छापा

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा संघीय अनुसन्धान निकाय एफबीआईले छापा मारेको छ । एफबीआईले आफ्नो घरमा छापा मारेको ट्रम्पले पुष्टि गरेका छन् ।

पाम बिचस्थित मार-ए-लागो रिसोर्टमा रहेको घर एफबीआई एजेन्टको ठूलो समूहले कब्जा गरेको’ ट्रम्पले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

एफबीआईको छापा ट्रम्पको आधिकारिक कागजात ‘ह्यान्डलिङ’को अनुसन्धानसँग जोडिएको बताइएको छ । आगामी सन् २०२४ मा राष्ट्रपतिका लागि उम्मेदवार दिने बताइरहेका बेला ट्रम्पमाथिको छानबिन पक्रिया बढेको छ ।

आधिकारिक कागजातको व्यवस्थापनको विषयमा ट्रम्पको घरमा छापा मारिएको सीबीएस न्यूजलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।
गत वर्ष अमेरिकी संसद् भवनमा भएको हिंसाबारे पनि अमेरिकी संसद्ले ट्रम्पमाथि छानबिन गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर