धौलागिरी लघुवित्तको आईपीओ खुला – Nepal Press

धौलागिरी लघुवित्तको आईपीओ खुला

काठमाडौं । धौलागिरी लघुवित्तले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले ३ करोड ३१ लाख रूपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो । प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयरमध्ये १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ ।

बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी कियर नेपालले धौलागिरीको आईपीओलाई ‘कियर एनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आईपीओको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *