बञ्चरेडाँडामा फोहोर बोकेका १४ टिपर स्थानीयले गरे तोडफोड – Nepal Press

बञ्चरेडाँडामा फोहोर बोकेका १४ टिपर स्थानीयले गरे तोडफोड

काठमाडौं । आफूहरूको मागलाई बेवास्ता गरेको भन्दै स्थानीयबासीले सिसडोल-बञ्चरेडाँडामा काठमाडौंको फोहोर खन्याउन अवरोध गरेका छन् ।

आन्दोलनलाई हस्तक्षेप गरेको बताउँदै उनीहरूले महानगरको फोहोर बोकेको १४ वटा टिपर र सडक निर्माणमा प्रयोग गरिएका ३ वटा डोजरमा टोडफोड गरेका छन् ।

यसअघि मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको भन्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले भदौ १ बाट फोहोर फ्याक्न नदिने चेतावनी दिएको थियो ।

रिपोर्टस क्लबमा समितिका संयोजक श्रीराम ढुंगानाले नेपाल सरकार र महानगरले फोहोरमैलाको बलिवेदीमा चढाएर लाखौं स्थानीय जनताको नरसंहार गर्ने काम गरिरहेको आरोप लगाएका थिए ।

सडक मर्मतलगायतका माग राख्दै धुनीबेँसी गाउँपालिका-१ का बासिन्दाले केही दिनयता फोहोर लैजान रोकेका थिए । स्थानीयको अवरोध हटाउन माग गर्दै महानगरले काठमाडौं प्रशासन र धादिङ प्रशासनलाई पत्राचारसमेत गरेको छ ।

यसअघि महानगरसँग १८ बुँदे सम्झौता भएपछि केही समय फोहोर खन्याउन दिएपनि पुन: स्थानीयले अवरोध गर्न थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर