परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै – Nepal Press

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीनको भ्रमण जाँदैछन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा मन्त्री खड्का चीन जान लागेका हुन् । उनी २६ गतेसम्म त्यहाँ रहनेछन् ।

भ्रमणका क्रममा दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा उनी सहभागी हुनेछन् । त्यस्तै मन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रीभोजको आयोजना गर्नेछन् ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलेसीको ताइवान भ्रमणले चीन-अमेरिका तनाव बढिरहेको बेला चीनले ताइवान मुद्दामा नेपालको समर्थन खोजेको छ ।

अघिल्लो सातामात्र नेपालका लागी चीनकी राजदूत होउ यान्छीले विज्ञप्तिमार्फत ताइवान मुद्दामा नेपालले चीनको साथ दिने छ भन्ने कुरामा आफू विश्वस्त रहेको बताएकी थिइन् ।

यस्तो अवस्थामा परराष्ट्रमन्त्री खड्काको चीन भ्रमणलाई कूटनीतिक हिसाबले महत्वका साथ हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर