निर्वाचन तयारी : केन्द्रीय निर्वाचन सेलको जिम्मा एआईजी थापालाई – Nepal Press

निर्वाचन तयारी : केन्द्रीय निर्वाचन सेलको जिम्मा एआईजी थापालाई

काठमाडौं । आगामी संघीय तथा प्रदेश निर्वाचनका लागि नेपाल प्रहरीको केन्द्रीय निर्वाचन सेलको जिम्मेवारी अतिरिक्त महानिरिक्षक–एआईजी सहकुल थापालाई दिइएको छ ।

थापाले यसअघि स्थानीय निर्वाचनमा पनि केन्द्रीय निर्वाचन सेलको नेतृत्व गरेका थिए । संघीय तथा प्रदेश निर्वाचन मंसिर ४ गते हुँदैछ ।

प्रहरी प्रधान कार्यालयले सोमबार देशभरका जिल्ला युनिटहरुलाई सर्कुलर गर्दै निर्वाचन सेल गठन गरेर तयारी थाल्न निर्देशन दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर