आदिवासीको हकहितका लागि सरकार क्रियाशील छ : प्रधानमन्त्री देउवा (भिडिओ) – Nepal Press

आदिवासीको हकहितका लागि सरकार क्रियाशील छ : प्रधानमन्त्री देउवा (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान संविधानमा उल्लेख आदिवासीका हकहित स्थापित गर्न सरकार क्रियाशील रहँदै आएको बताएका छन् ।

विश्व आदिवासी दिवसका सन्दर्भमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले आदिवासी जनजातीको ज्ञान सीप र सांस्कृतिक परम्परालाई संरक्षण गर्दै संविधानमा उल्लेख हकहित स्थापित गर्न क्रियाशिल रहँदै आएको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले आदिवासी जनजातिको पहिचान गरी राज्यको मूलधारमा ल्याएर उनीहरूलाई कुनै पनि किसिमको अवसरबाट बञ्चित हुन नदिन सबै मिलेर काम गर्नुपर्ने बताए ।

उनले मुलुकको विभिन्न परिवर्तनमा आदिवासी जनजाति समुदायको योगदानाई उच्च मुल्याङ्कन गरिएको धारणा पनि राखे । प्रधानमन्त्री देउवाले आदिवासी जनजाति समुदायको विकास, उनीहरूका हक अधिकारको सुनिश्चितका लागि महासङ््घले अघि बढाउने हरेक सवालमा सरकारले सदैव साथ दिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा कांग्रेसका नेताहरुले आदिवासी जनजातिको अधिकार स्थापित गर्दै मुलुकको बिकासको बाटोमा अघि बढाउनका लागि सबै तत्पर हुनुपर्ने धारणा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर