भारतका मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक नियुक्त – Nepal Press

भारतका मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षकमा भारतका भूतपूर्व अलराउन्डर मनोज प्रभाकर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत उनलाई प्रमुख प्रशिक्षक नियुक्त गरिएको जानकारी गराएको हो ।

प्रभाकरले भारतका लागि ३९ टेस्ट म्याच र १३० एक दिवसीय खेलेका छन् । उनी भारतको रणजी ट्रफी विजेता प्रशिक्षक हुन् । प्रभाकरले यसअघि अफगानिस्तानको क्रिकेट टिमलाई पनि प्रशिक्षण गरेका थिए ।

प्रभाकरले नेपाली टिम सम्हाल्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘नेपालमा क्रिकेटप्रति रुचि तथा खेलाडीहरूको प्रतिभालाई हेरेर म नेपाली क्रिकेट टिमसँग काम गर्न र क्रिकेट शक्तिको रूपमा निर्माण गर्न साँच्चिकै आतुर छु ।’

श्रीलंकन प्रशिक्षक पुबुदु दासानायेकेले राजीनामा दिएपछि नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक खाली थियो । क्यानका प्रवक्ता प्रशान्तविक्रम मल्लका अनुसार प्रभाकारसँग एक वर्षको करार गरिएको छ । उनी एक हप्ताभित्र नेपाल आउने मल्लले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.