बालाजुमा बरामद करिब ७० लाख रुपैयाँ जापानबाट आएको ‘हुन्डी’, चार जनाविरुद्ध मुद्दा – Nepal Press

बालाजुमा बरामद करिब ७० लाख रुपैयाँ जापानबाट आएको ‘हुन्डी’, चार जनाविरुद्ध मुद्दा

काठमाडौं । बालाजुबाट बरामद ६९ लाख ९९ हजार रुपैयाँ जापानबाट आएको हुन्डी भन्दै राजस्व अनुसन्धान विभागले चार जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय र बालाजु वृत्तको संयुक्त टोलीले उक्त रकमसहित नुवाकोटको ककनीका नवराज ढुंगानालाई पक्राउ गरेको थियो ।

विभागका अनुसार जापान बस्दै आएका ककनीकै प्रज्वल ढुंगानाले उक्त रकम काठमाडौंको म्हैपीमा सुवास क्यासमिर कलेक्सनका सुवासजङ पाण्डेमार्फत नवीन र ककनीकै फणिन्द्रप्रसाद ढुंगानालाई दिन लगाएका थिए ।

विभागले बरामद रकम जफतसहित सजाय माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *