नेवि संघ पूर्णताको माग राख्दै सानेपामा शेखर पक्षीय विद्यार्थीको प्रदर्शन – Nepal Press

नेवि संघ पूर्णताको माग राख्दै सानेपामा शेखर पक्षीय विद्यार्थीको प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघको वैधानिक पूर्णताका लागि शेखर कोइराला पक्षीय विद्यार्थी नेताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् ।

साउन मसान्तभित्र भ्रातृसंस्था गठन र पूर्णता दिने पार्टीको निर्णय कार्यान्वयन गर्न कोइराला पक्षीय नेविसंघका नेताहरुले दबाब स्वरुप प्रदर्शन गरेका हुन् ।

उनीहरुले कार्यालय अगाडि ‘नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णय कार्वान्यन गरियोस्’, ‘विधानसम्मत भातृसंस्थाहरुको गठन र पुर्णताका गरियोस्’, लेखएिको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर