प्रभु क्यापिटलकाे जनचेतनामूलक भिडियो ‘आशा’ सार्वजनिक – Nepal Press

प्रभु क्यापिटलकाे जनचेतनामूलक भिडियो ‘आशा’ सार्वजनिक

काठमाडौं ।  प्रभु क्यापिटल लिमिटेडले ‘प्रभु लिटिल क्याम्प’ योजना शुरुवात गरेको छ । लिमिटेडले

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट बन्चित रहेका विद्यार्थीहरुलाई ‘हजुरको छोराछोरीको लागिलगानी सँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मुल नारासहित शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहुन भन्ने उद्देश्यका साथसहित बालदिवसको शुभअवसर पारेर ‘प्रभु लिटिल क्याम्प’ योजना शुरुवात गरेको हो ।

यसै विषयलाई लिएर हाल प्रभु क्यापिटलले “आशा”नामको जनचेतनामूलक भिडियो सावर्जनिक गरेको छ । यस भिडियोमा मुख्यपात्र आशा जस्तै कैयौं लगानीकताहरुले, जसले प्रभु क्यापिटलको पिएमएसबाट शेयर बजारमा लगानी गरिरहेका कारणले थुप्रै बालबालिकाहरुले पूर्ण छात्रवृतिमा अध्ययन गरिरहेका छन् र प्रभु क्यापिटलले यो संख्या दिनप्रतिदिन थपिदै गएको जानकारी दिएको छ ।

यस भिडियोमा व्यवसायसँगै संस्थागत रुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले शुरुवात गरेको प्रभु क्यापिटलले यो योजनामा जोडिएर व्यक्तिले आफ्नो छोराछोरीको उज्जवल भविष्यका साथ सामाजिक कार्यमा सहयोगी बन्न सक्नेछ भन्ने जानकारी दिएको छ ।

प्रभु क्यापिटलको यो लिटिल च्याम्पपिएमएसभर्खरै जन्मिएकाबच्चादेखि १८ वर्षसम्मका छोरा÷छोरीहरुको सुरक्षितभविष्यको लागि शुरु गरेको हो जसमा नानीबाबुहरु पिएमएस सेवा लिनको लागि जोडिएपश्चात क्यापिटलले एक पिएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने छ ।

प्रभु क्यापिटलको नियमित कार्यालय समय तथा प्रभु बैंकको सबै शाखाका साथै प्रभु क्यापिटलको डिजिटल एपबाट समेत यो योजनामा सहभागी हुन सक्नेछ । यसरी सहभागी भएका सेवाग्राहीहरुले आफ्नो लगानी व्यवस्थापन के कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्था मिलाउनुका साथै साप्ताहिक रुपमादिइएको इमेलमा साप्ताहिकप्रतिवेदनप्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *