नेटफ्लिक्स लगायतका ओटीटी प्ल्याटफर्मविरुद्द अमेरिकामा मुद्दा दर्ता – Nepal Press

नेटफ्लिक्स लगायतका ओटीटी प्ल्याटफर्मविरुद्द अमेरिकामा मुद्दा दर्ता

काठमाडौं । भिडिओ प्रसारण गरे बापत ओटीटी प्ल्याटफर्महरुले राज्यलाई बुझाउनु पर्ने ‘फ्रेनचाइज फि’ नबुझाएको भन्दै अमेरिकास्थित टेक्सस प्रान्तले नेटफ्लिक्स, डिज्नी र हुलुलगायतका ओटीटी प्ल्याटफर्मविरुद्द मुद्दा दायर गरेको छ ।

सन् २००७ देखिको फ्रेनचाइज फि नतिरेपश्चात टेक्सस अगाडि अस्टिन, डलास, फोर्थ वोर्थलगायत शहरहरु ओटीटी प्ल्याटफर्मविरुद्द कानुनु उपचारको बाटोमा गईसकेको टेक्सस ट्रिब्युनले जनाएको छ ।

सार्वजनिक संचार लाइन प्रयोग गरी सेवा प्रसारण गरेको अवस्थामा फ्रेनचाइज फि तिर्नु पर्ने त्यहाँको कानुन रहेको छ भने केवल टिभी सेवा प्रदायकहरुले पनि पहिलादेखि नै यो शुल्क तिर्दै आएका छन् ।

यद्यपि पछिल्लो समय धेरै जनाले केवल टिभी छोडेर ओटिटी प्ल्याटफर्म प्रयोग गरिरहेको तर ओटीटी प्ल्याटफर्मले भने ‘फ्रेनचाइज फि’ तिर्न पनि आनाकानी गर्दा शहरको राजस्व संकलनमा कमी आई पूर्वाधार विकास तथा अन्य सेवा क्षेत्रहरु समेत प्रभावित भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यि प्ल्याटफर्महरुले कति शुल्क तिर्न बाँकी छ भन्ने यकिन विवरण नभए तापनि यि कम्पनीहरुले लाखौं डलर शुल्क तिर्न बाँकी रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर