माइपे ले सार्वजनिक गर्‍याे १ क्वाइनको मूल्य १ रुपैयाँ नै हुने – Nepal Press

माइपे ले सार्वजनिक गर्‍याे १ क्वाइनको मूल्य १ रुपैयाँ नै हुने

काठमाडौं । पछिल्ला दिनहरुमा युवा पुस्ताहरुमाझ लोकप्रिय बन्दै गएको माई पे डिजिटल वालेटले नयाँ विशेषताको रुपमा माई पे क्वाइन सार्वजनिक गरेको छ ।

१ क्वाइन बराबर १ रुपैयाँ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माई पे ले जनाएको छ । माई पे का अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो ।

यससँगै माई पे प्रयोगकर्ताहरुले मोबाइल टपअप तथा डाटा प्याकमा ४ प्रतिशतसम्म, टेलिभिजको बिल भुक्तानीमा २ प्रतिशतसम्म, इन्टरनेटको बिल भुक्तानीमा २ प्रतिशतसम्म तथा हवाई जहाजको टिकट बुकिङ्ग गर्दा सबैभन्दा धेरै पैसा रिटर्नको अफरहरु समेत निरन्तर रहेको जनाएको छ । यसरी फिर्ता आउने रकममा नगद र क्वाइन गरी दुई भागमा बाढीएको माई पे को भनाइ छ ।

उदाहरणको लागि तपाईंले माई पे बाट १ हजारको मोबाइल टपअप गर्नुभयो भने ४ प्रतिशत ९रु ४०० फिर्ता हुन्छ । जसमा रु २० क्यासको रुपमा तपाईको वालेटको मेन ब्यालेन्समा जोडिन्छ भने बाँकी २० क्वाइनको रुपमा जम्मा हुन्छ । माईं पेबाट गरिएको सबै कारोबारमा यसरीनै क्वाइन प्राप्त गर्न सकिने माई पे को भनाइ छ ।

‘हालसम्म संचालनमा रहेको लोयल्टी पोइन्टहरुको सिमित प्रयोग र यसको प्रयोग गर्दा समेत समस्या रहेको पाइयो,’ माई पे का प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले भने, ‘यहि समस्या समाधानका लागि नगद सरह नै प्रयोग गर्न सकिने गरी माई पे क्वाइन संचालनमा ल्याएका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *