विदेशमा भएका नेपाली स्वदेश फर्कने बेला भएको छैन : प्रचण्ड – Nepal Press

विदेशमा भएका नेपाली स्वदेश फर्कने बेला भएको छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले रोजगारीका लागि विदेशमा रहेका नेपालीहरु अझै स्वदेश फर्कने बेला नभएको बताएका छन् ।

जनप्रगतिशिल जापानले टोकियोमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले देशमा अझै राजनीतिक स्थायित्व कायम नभएकाले विदेशमा रहेका नेपालीहरु अझै स्वदेश फर्कने बेला नभएको बताएका हुन् ।

‘म तपाइहरु समक्ष म इमान्दारपूर्वक भन्न चाहन्न्छु, तपाइहरु अझै स्वदेश फर्कने बेला भएको छैन’, प्रचण्डले भने, ’केही समय पर्खिनुहोस्, हामी राजनीतिक स्थायित्व कायम गर्नेतर्फ अग्रसर भएका छौँ, तपाइहरुलाइ स्वदेश फर्कने वातावरण मिलाउदैछौँ ।’


प्रतिक्रिया

2 thoughts on “विदेशमा भएका नेपाली स्वदेश फर्कने बेला भएको छैन : प्रचण्ड

  1. तिमी भएसम्म देशमा स्थिरता सम्भव छैन। विदेशीको इशारामा देशलाई अस्थिर बनाइराख्ने, देशभक्त विकासप्रेमीलाई सखाप पार्ने काम गर्न विदेशीको दलाल देशमा भएसम्म के आउनु स्वदेश!

  2. त डाका जब सम्म जिउदो छस तब सम्म कसरी फर्किने?

Leave a Reply to mani khadka Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर