जसले चुनाव जिते पनि माओवादी आन्दोलनले जितेको हो : प्रचण्ड – Nepal Press

जसले चुनाव जिते पनि माओवादी आन्दोलनले जितेको हो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले चुनावमा जसले जति सिट जिते पनि त्यो माओवादी आन्दोलनको जित हुने बताएका छन् ।

जनप्रगतिशील जापानले जापानको टोकियोमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले कांग्रेस एमाले जसले जति सिट जिते पनि माओवादी आन्दोलनले जितेको महसुस हुने बताएका हुन् ।

‘जसले जति सिट जिते पनि हामीले ल्याएको गणतन्त्रले जित्ने हो, माओवादी आन्दोलनले जित्ने हो’ उनले भने ‘त्यसैले कसले कति सिट जित्यो त्यो ठुलो कुरा होइन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर