कांग्रेस बैठकमा गृहमन्त्रीको ब्रिफिङ- वडाको मत जोड्दा यस्तो छ दलीय अग्रता (सूचीसहित) – Nepal Press

कांग्रेस बैठकमा गृहमन्त्रीको ब्रिफिङ- वडाको मत जोड्दा यस्तो छ दलीय अग्रता (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको केही दिनअघि सम्पन्न केन्द्रीय कार्य समिति बैठकमा गृहमन्त्री बालकृष्ण खाणले एक्लाएक्लै लड्दा कुन दलले कति सीट जित्न सक्छन् भन्ने आँकडा पेश गरेका थिए । त्यसमा एक्लै लड्दा माओवादी ८ र नेकपा एकीकृत समाजवादी १ सीटमा अगाडि रहेको कुरा बाहिर आएपछि तत्कालै माओवादी र नेकपा एसका नेताहरुले कांग्रेसमा दम्भ बढेको प्रतिक्रिया दिए ।

तर, सोही बैठकमा खाणले माओवादी एक्लै चुनाव नलड्ने र कांग्रेसले गठबन्धन नगरे अर्को पार्टनर खोज्ने भन्दै गठबन्धनको विकल्प नरहेको पनि प्रस्ट पारेका थिए । गृहमन्त्री खाणले पेश गरेको सीटको तथ्यांक भने गृह मन्त्रालयको संयन्त्रको गोप्य रिपोर्टभन्दा पनि स्थानीय तह निर्वाचनमा दलहरुले वडाहरुमा पाएको मतका आधारमा निकालिएको थियो ।

गठबन्धन दलहरुबीच पालिकास्तरमा तालमेल भएकाले कुन दलको कति मत हो भनेर छुट्याउन वडामा सम्बन्धित दलका उम्मेदवारले पाएको मतलाई आधार बनाएर गृहमन्त्रीले कांग्रेस बैठकमा पेश गरेका थिए । भरतपुर, पोखरा महानगरपालिकासहित दोलखा, अर्घाखाँचीलगायतका जिल्लामा वडास्तरमै तालमेल भए पनि देशका अधिकांश स्थानमा गठबन्धन दलहरुले वडामा आआफ्ना उम्मेदवार उठाएका थिए ।

वडाको मतका आधारमा दलहरु एक्लाएक्लै लड्दा कुन निर्वाचन क्षेत्रमा कुन दलको अग्रता छ भनेर देखाउने सन्दर्भमा गृहमन्त्रीले कांग्रेस बैठकमा आँकडा पेश गरेका थिए । जसमा एक्लै लड्दाको अवस्थामा वडाको मतका आधारमा १६५ मध्ये ७६ निर्वाचन क्षेत्रमा कांग्रेस र ७१ वटामा एमालेको मत पहिलो रहेको छ ।

त्यस्तै ८ वटा निर्वाचन क्षेत्रमा माओवादी केन्द्र, ५ वटामा जसपा, २ वटामा लोसपा र नेकपा एस, नागरिक उन्मुक्ति र नेपाल मजदुर किसान पार्टी एकएक वटा निर्वाचन क्षेत्रमा मतका आधारमा अग्रस्थानमा रहेका छन् । कतिपय निर्वाचन क्षेत्रमा एमाले र कांग्रेसबीच मतको अन्तर निकै कम छ ।

गठबन्धन हुँदा माओवादी जता लाग्छ, उसको मतका कारण कांग्रेस वा एमालेमध्ये एउटाको सीट बढ्ने र अर्कोको घटेर २० भन्दा तल आउने वडाको मतको आधारमा अनुमान लगाउन सकिन्छ । यद्यपि स्थानीय तहमा वडाध्यक्षले ल्याएको मतलाई सम्बन्धित पार्टीको मात्र मत मान्न भने सकिन्न ।

वडाको मतका आधारमा एक्लाएक्लै लड्दा एमाले प्रदेश १ मा सबैभन्दा बलियो देखिएको छ । जहाँ उसले २८ मध्ये २० वटा निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत ओगटेको छ ।

त्यस्तै नेपाली कांग्रेस मधेस प्रदेशमा सबैभन्दा बलियो देखिएको छ । कांग्रेसले मधेसका ३२ मध्ये १८ निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत पाएको छ ।

एमाले गण्डकीमा हाबी हुँदा बागमतीमा कांग्रेसको मत बढी देखिन्छ । कर्णालीमा एमाले, कांग्रेस र माओवादी हाराहारीको अवस्थामा छन् ।

वडाको मतका आधारमा १६५ निर्वाचन क्षेत्रमा कुन दल पहिलो छन् ?

हेर्नुस् सूची-

नेपाली कांग्रेस

प्रदेश १
इलाम २

ओखलढुंगा

झापा ३

मोरङ ५

मोरङ ६

सुनसरी २

सुनसरी ४

सोलुखुम्बु

मधेस

धनुषा १

धनुषा २

धनुषा ३

धनुषा ४

पर्सा २

पर्सा ३

पर्सा ४

बारा १

बारा २

महोत्तरी ४

रौतहट २

रौतहट ४

सप्तरी १

सप्तरी ४

सर्लाही १

सर्लाही २

सर्लाही ४

सिरहा १

बागमती

काठमाडौं १

काठमाडौं ३

काठमाडौं ६

काठमाडौं ७

काठमाडौं ८

काठमाडौं ९

काठमाडौं १०

काभ्रेपलाञ्चोक १

धादिङ २

नुवाकोट १

रसुवा

रामेछाप

नुवाकोट २

भक्तपुर २

ललितपुर १

ललितपुर २

ललितपुर ३

सिन्धुपाल्चोक १

सिन्धुली १

गण्डकी

कास्की १

गोरखा १

तनहुँ १

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १

स्याङ्जा १

स्याङ्जा २

लुम्बिनी

दाङ १

कपिलवस्तु १

कपिलवस्तु २

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २

बर्दिया २

बाँके १

बाँके २

बाँके ३

रूपन्देही १

रूपन्देही २

रूपन्देही ३

कर्णाली

जुम्ला

दैलेख १

सल्यान

सुर्खेत १

सुदूरपश्चिम

अछाम १

अछाम २

कञ्चनपुर २

कञ्चनपुर ३

कैलाली ३

कैलाली ४

कैलाली ५

डोटी

डढेलधुरा

नेकपा एमाले

प्रदेश १

इलाम १

उदयपुर १

उदयपुर २

खोटाङ

झापा १

झापा २

झापा ४

झापा ५

ताप्लेजुङ

तेह्रथुम

धनकुटा

पाँचथर

भोजपुर

मोरङ १

मोरङ २

मोरङ ३

मोरङ ४

संखुवासभा

सुनसरी १

सुनसरी ३

मधेस

बारा ३

बारा ४

रौतहट ३

सर्लाही ३

सिरहा ३

सिरहा ४

बागमती

काठमाडौं २

काठमाडौं ४

काठमाडौं ५

काभ्रेपलाञ्चोक २

चितवन १

चितवन २

चितवन ३

दोलखा

धादिङ १

मकवानपुर १

मकवानपुर २

सिन्धुपाल्चोक २

सिन्धुली २

गण्डकी

कास्की २

कास्की ३

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २

पर्वत

बागलुङ १

बागलुङ २

मनाङ

मुस्ताङ

म्याग्दी

लमजुङ

तनहुँ २

लुम्बिनी

अर्घाखाची

कपिलवस्तु ३

गुल्मी १

गुल्मी २

दाङ २

दाङ ३

पाल्पा १

पाल्पा २

प्यूठान

बर्दिया १

रूपन्देही ५

कर्णाली

जाजरकोट

दैलेख २

मुगु

सुर्खेत २

सुदूरपश्चिम

कञ्चनपुर १

कैलाली २

दार्चुला

बझाङ

बाजुरा

बैतडी

माओवादी केन्द्र

कर्णाली

हुम्ला

कालीकोट

डोल्पा

रुकुम पश्चिम

गण्डकी

गोरखा २

मधेस

महोत्तरी १

लुम्बिनी

रुकुम पूर्व

रोल्पा

नेकपा एस

मधेस

रौतहट १

जनता समाजवादी पार्टी

मधेस

पर्सा १

महोत्तरी ३

सप्तरी २

सप्तरी ३

सिरहा २

लोकतान्त्रिक समाजवादी पार्टी

मधेस

महोत्तरी २

लुम्बिनी

रुपन्देही ४

नेपाल मजदुर किसान पार्टी

बागमती

भक्तपुर १

नागरिक उन्मुक्ति पार्टी

सुदूरपश्चिम

कैलाली १


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर