भारतमा रहेका निधिले महाराष्ट्रका पूर्वमुख्यमन्त्री भेटे – Nepal Press

भारतमा रहेका निधिले महाराष्ट्रका पूर्वमुख्यमन्त्री भेटे

नयाँदिल्ली । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतको महाराष्ट्रका पूर्वमुख्यमन्त्री एवं राष्ट्रवादी कांग्रेसका अध्यक्ष शरद पवारबीच भेटवार्ता भएको छ ।

नयाँदिल्लीस्थित पवार निवासमा भएको १ घण्टा लामो भेटमा नेपालको विकास तथा नेपाल भारत सहयोगका विषयमा कुराकानी भएको थियो ।

निधि र पवारबीच कृषि र सहकारी तथा नेपाल भारत सम्बन्ध र विकासलगायतका विषयमा कुराकानी भएको थियो । तीन कार्यकाल महाराष्ट्रका मुख्यमन्त्री भइसकेका पवार कृषि र सहकारीका ख्यातिप्राप्त अभियन्ता हुन् । आधुनिक कृषिमा महाराष्ट्रको मोडल सह्रानीय मानिन्छ ।

निधिसँगको भेटमा पवारले नेपालमा कृषिका विद्यार्थीलाई उनको गृहनगर बारामतीमा कृषि र सहकारीको अध्ययनका लागि निम्तो दिएका छन् । निम्तोका लागि धन्यवाद दिँदै निधिले निकट भविष्यमा नेपाली विद्यार्थीलाई अध्ययन भ्रमण गराउने बताएका छन् ।

यसैबीच, नेता निधि र भारतका अर्थराज्यमन्त्री पंकज चौधरीबीच नयाँदिल्लीमा भेटघाट भएको छ । नयाँदिल्लीस्थित मन्त्री चौधरीको निवासमा भएको भेटमा नेपाल-भारत सम्बन्ध र द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर