ओलीलाई कांग्रेस सांसदको कटाक्ष- सपथमा ‘त्यो पर्दैन’ भन्ने, अहिले पशुपतिकाे दर्शन गर्ने (भिडिओ) – Nepal Press

ओलीलाई कांग्रेस सांसदको कटाक्ष- सपथमा ‘त्यो पर्दैन’ भन्ने, अहिले पशुपतिकाे दर्शन गर्ने (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद अतहर कमल मुसलमानले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग प्रकरणमा द्व्रैध चरित्र देखाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभामा जारी प्रधानन्यायाधीश राणाउपरको महाभियोगको प्रस्तावमाथि छलफलमा सहभागि हुँदै उनले यस्तो बताएका हुन् ।

‘यो सरकार परमादेशबाट बनेको सरकार हो भनेर उहाँहरूले नौ महिना वेल घेर्नुभो,’ उनले भने, ‘अहिले त्यो परमादेश दिनेमाथि महाभियोग ल्याउँदा उहाँहरूले ताली बजाउनुपर्नेमा अहिले रोइराख्नुभएको छ । रुनुको पछाडि कारण के हो ?’

यसो हेर्दाखेरी यसभित्र छिराइएको धेरै कुराहरू रहेको उनले बताए । ‘जुन संविधान परिषदको गठनका बेला देखियो । त्यससँग सम्बन्धित धेरै कुरा रहेको देखिन्छ,’ उनले भने ।

यस प्रकृतिको द्वैध चरित्र नदेखाउन उनले एमालेसँग आग्रह गरे । यस्ता द्वैध चरित्र एमालेले पटक–पटक देखाएको उनले उदाहरण उनले बताए ।

‘हिजो सपथग्रहण गर्दाखेरी त्यो पर्दैन भन्ने र अहिले साउनमा पशुपतिनाथको दर्शन गर्न पुग्ने,’ सांसद मुसलमानले भने, ‘हिजो नागरिकता विधेयक फिर्ता लिँदा यति मेहनतले गरेको विधेयक फिर्ता लिने भन्ने फेरि हामीले ल्याएर पास गर्दा विरोध गर्ने !’ यस किसिमको द्वैध चरित्र प्रतिपक्षका लागि ठीक नभएको उनले बताए ।


प्रतिक्रिया

One thought on “ओलीलाई कांग्रेस सांसदको कटाक्ष- सपथमा ‘त्यो पर्दैन’ भन्ने, अहिले पशुपतिकाे दर्शन गर्ने (भिडिओ)

  1. तिमीहरूलाई पनि मन लागे पशुपतिनाथ दर्शन गर वाइयाल अरूलाई गाली गरेको छ बिदेशी का लम्पसार छाउराहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर