गभर्नरको राजीनामा माग्ने नेविसंघका कार्यकर्ता पक्राउ (भिडिओ) – Nepal Press

गभर्नरको राजीनामा माग्ने नेविसंघका कार्यकर्ता पक्राउ (भिडिओ)

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै नेपाली कांग्रेसनिकटको विद्यार्थी संगठन नेविसंघले बालुवाटारमा प्रदर्शन गरेको छ ।

बालुवाटारस्थित राष्ट्र बैंकअगाडि कालो झण्डा देखाएर प्रदर्शन गर्न खोज्ने विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको हो । गभर्नर अधिकारी एमालेको अर्थ विभागमा रहेको र राजनीतिक संलग्नता भएको व्यक्ति गभर्नर हुन नसक्ने भन्दै उनीहरूले विरोधमा उत्रिएका थिए ।

नेविसंघका कार्यकर्ताले ‘एम अधिकारी राजीनामा दे, नालायक गभर्नर मुर्दावाद’ जस्ता नारा लगाएका थिए ।


प्रतिक्रिया

One thought on “गभर्नरको राजीनामा माग्ने नेविसंघका कार्यकर्ता पक्राउ (भिडिओ)

  1. दिनको कति भाडामा आएका रहेछन? तिम्रो पार्टीमा बहालवाला न्यायाधिश छन्। हिम्मत छ विरोध गर्ने? त्यसैले भाडामा विरोध गर्न आएको के अर्थ? भाडा पाउछौ जान्छौ। मान्छे मार्न पनि एकले अर्कोलाई भाडामा लगाएको देखिएकै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर