पर्यटन पुनरुत्थानमा मन्त्री श्रेष्ठले खोजे सबैको साथ (भिडिओ) – Nepal Press

पर्यटन पुनरुत्थानमा मन्त्री श्रेष्ठले खोजे सबैको साथ (भिडिओ)

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोरोना महामारीले समस्यामा परेका पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले काम गरिरहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयबीच होटल व्यवस्थापन अध्यापन गराउने विषयमा सम्झौता हस्ताक्षर कार्यक्रममा मन्त्री श्रेष्टले पर्यटन पुनरुत्थानका लागि सरकारले सार्वजनिक गरेको कार्ययोजनालाई कार्यान्वयन गराई समस्यमा परेका पर्यटन क्षेत्रलाई पूर्ववत रुपमा फर्काउने गरी काम गरिरहेको बताएका हुन् ।

उनले पर्यटन क्षेत्रको विकासका लागि सरकारले अघि सारेको कार्ययोजनालाई सबै मिलेर कार्यान्वय गर्न सके नेपालमा अपेक्षित भन्दा धेरै पर्यटक भित्रिने दाबी गरे । सरकारले अपेक्षा गरेको पर्यटनहरुमात्रै नेपाल भित्रिए स्वदेशमा जनशक्तिको समेत अभाव हुने उनको भनाई छ । उनले बागमती बाहेकका ६ वटा प्रदेशमा प्रतिष्ठान विस्तार गरेर पर्यटन तथा होटल व्यवस्थापन शिक्षा प्रदान गर्नेगरी काम अघि बढिरहेको जानकारी दिए ।

काठमाडौं विश्वविद्यालय र प्रतिष्ठानबीच ६ वटा प्रदेशमा होटल व्यवस्थापन पढाई गर्ने गरी १० वर्षका लागि सम्झौता भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *