गोकुल बाँस्कोटाले संसदमै उठाए संघीयतामाथि प्रश्न (भिडिओ) – Nepal Press

गोकुल बाँस्कोटाले संसदमै उठाए संघीयतामाथि प्रश्न (भिडिओ)

काठमाडौं । संघीय प्रणालीमाथि लगातार प्रश्न उठाइरहेका पूर्वसञ्चारमन्त्री तथा एमाले सांसद गोकुल बाँस्कोटाले संसदमै आफ्नो एजेन्डा प्रवेश गराएका छन् । जनताले प्रदेश सरकारहरू फेला नै नपारेको र यसको प्रभावकारिता शून्य बनेको उनले टिप्पणी गरे ।

संघीयताको विरोधमा सामाजिक सञ्जालमार्फत आवाज उठाउँदै आएका बाँस्कोटाले पहिलोपटक संसदमा पनि यस विषयमा बोलेका हुन् । आज संसद बैठकमा विशेष समय लिएर बोल्दै उनले आन्दोलनमा माग नै नभएको संघीयता नेपालमा भित्र्याइएको भन्दै आलोचना गरे ।

बाँस्कोटाले भने, ‘संघीय सरकारका ३-४ वटा टायरका कुराले जनता आजित भइसकेका छन् । जनताले संघीयता फेला पारेका छैनन् । प्रदेश जनताले फेला पार्दैनन् । स्थानीय तहमा कर्मचारी छैनन् । पुलिसलाई ८-९ सय संसद र मन्त्रीको सलामी गर्दै ठिक्क छ । जनता असुरक्षित छन् ।’

संघीयताबारे प्रश्न उठाउँदा कान झिकिदिने, आँखा फुटाइदिने धम्की आफूले सुनेको बाँस्कोटाले बताए । तर, संघीयताले जनतालाई कुनै किसिमको राहत र सुशासन दिन नसकेको उनको निष्कर्ष छ ।

‘कुनै आन्दोलनमा नउठेको, आन्दोलनकारीको माग नभएको, ल्याउनेलाई थाहा नभएको, उपभोग गर्नेलाई पनि महसुस नभएको संघीयता कसरी आयो ?’ बाँस्कोटाले प्रश्न गरे, ‘संघीय सरकारका टायरमाथि टायरबाट जनताले हविगत व्यहोर्नुपरेको छ । कसैले जिम्मा लिएको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर