प्रधानन्यायाधीशविरुद्ध महाअभियोग न्यायालयको शुद्धताका लागि : डिला संग्रौला (भिडिओ) – Nepal Press

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग न्यायालयको शुद्धताका लागि : डिला संग्रौला (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले न्यायालयमा विकृति र विसंगति भित्र्याएका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाअभियोग ल्याइएको बताएकी छन् ।

प्रतिनिधिसभामा आजबाट सुरू भएको महाअभियोगको प्रस्तावमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘यो प्रस्ताव उपयुक्त छ । न्यायालयभित्र विविध विकृति र बेथितिलाई उत्कर्षमा पुर्‍याइएकाले यो प्रस्ताव ल्याउनुपरेको हो,’ उनले भनिन्,‘न्यायालयमा बिचौलियाको राज बढाएको तथा इजलास गठन र फैसलामा समेतमा मिलेमतो गरेको भनेर नेपाल बार एशोशियसन र नागरिक समाजले आन्दोलन गरेको थियो ।’

यसको निकास स्वयम् प्रधानन्यायाधीशले गर्नुपर्ने अवस्था सिर्जना भएको बताउँदै उनले भनिन,‘त्यो नगरेपछि महाअभियोग ल्याउनुपरेको हो ।’
विकृति, विसंगति, भ्रष्टाचार एवं अवैध सम्पत्ति आर्जन गर्ने/गराउने र न्यायिक र नैतिक विचलन भएको व्यक्ति सर्वोच्चको प्रधानन्यायाधीश हुन नसक्ने उनले बताइन् ।


प्रतिक्रिया

One thought on “प्रधानन्यायाधीशविरुद्ध महाअभियोग न्यायालयको शुद्धताका लागि : डिला संग्रौला (भिडिओ)

  1. तिमीहरूले लुटेर खान लगायका हौ सुशीला कार्की र चोलेन्द्र शमशेर जवरा लाई महाअभियोग लाजघिन पचेका नकचरा गफ जनतालाई कति बेवकुफ नबाउनु है चेतना होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर