सिजनको पहिलो खेलअघि म्यान युनाइटेडका प्रशिक्षक हागको निर्देशन- अगाडि मात्र हेर्नुस् – Nepal Press

सिजनको पहिलो खेलअघि म्यान युनाइटेडका प्रशिक्षक हागको निर्देशन- अगाडि मात्र हेर्नुस्

काठमाडौं । म्यानचेस्टर युनाइटेडले नयाँ सिजन आइतबार इङ्लिस प्रिमियर लिग फुटबलमा ब्रिघटनसँग खेल्दै सुरुवात गर्दैछ । घरेलु मैदानमा उत्रने म्यान युनाइटेडलाई सुखद सुरूवातको चुनौती छ ।

क्लबका प्रशिक्षक एरिक टान हागले खेलाडीलाई क्लबको पछिल्ला नतिजा र प्रदर्शन बिर्सिएर अगाडि हेर्न निर्देशन दिएका छन् । सन् २०१२ मा सर एलेक्स फर्गुसनले छाडेयता हाग म्यान युनाइटेडका पाचौँ स्थायी प्रशिक्षक हुन् ।

फर्गुसनकालयता म्यान युनाइटेडले घरेलु लिग र च्याम्पियन्स लिगसहित ठूला प्रतियोगिताको उपाधि जित्न सकेको छैन । यसबीचमा प्रशिक्षक लुइस भान गाल र जोसे माउरिन्होले मात्र म्यान युनाइटेडका लागि उपाधि जितेका थिए ।

घरेलु लिगको अन्तिम खेलमा गत सिजन म्यान युनाइटेडले बिर्सनलायक प्रदर्शन गरेको थियो । ब्रिघटनले नै उसलाई ४-० गोलले हराएको थियो । त्यही कारण प्रशिक्षक हाग सचेत देखिन्छन् ।

‘तपाईँले विगतलाई फेर्न सक्नु हुन्न’, हागले भनेका छन्, ‘तपाईँले भविष्य मात्र फेर्न सक्नुहुन्छ । अब तपाईँले अगाडि हेर्नुपर्छ ।’ आयाक्सका पूर्वप्रशिक्षकसमेत रहेका हागको प्रशिक्षणमा म्यान युनाइटेडले पहिलो लिग खेल्न लागेका हो । हागले भविष्यमा पनि पराजय र निराशा आउन सक्ने भन्दै जुधेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

‘निराशा र पराजयसँग जुध्नुपर्छ । यो खेल जिवन हो । हरेक क्लब, टिम र समर्थकले यसलाई पार गर्नुपर्छ । हामी सबैसँग यस्तो स्वभाव चाहिन्छ’, हाग भन्छन् । उनले राम्रो योजना भए अन्त्यमा सफलता प्राप्त गर्न सक्ने भन्दै म्यान युनाइटेडसँगग पनि आफू आशावादी रहेको बताएका छन् । उनले मैदानमा खेलाडीहरूलाई एकताबद्ध भएर प्रस्तुत हुन पनि आग्रह गरेका छन् । सुन्दर भविष्यका लागि यो आवश्यक रहेको उनलाई थाहा छ ।

‘तपाईँ जित्न चाहनु हुन्छ र राम्रो तरिकाले जित्न चाहनु हुन्छ । यो म्यान युनाइटेडको संस्कृति हो । रंगशालामा एकआपसमा सहकार्य गरेर भिडन्त हुनेछ । हामीले मैदानमा उदाहरण बनाउनुपर्छ । हामीसँग सकारात्मक स्वभाव हुनुपर्छ । स्वभाव भनेको कडा मिहेनत, साहसी हुनु र राजी गराउनु हो । समर्थकले यसलाई मन पराउने छन्’, हागले भनेका छ न्।

छाड्ने चाहनाबीच खेल्दैछन् रोनाल्डो

म्यानचेस्टरू युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले सिजनको सुरूवातमा अन्य क्लबमा जाने इच्छा व्यक्त गरेपनि त्यो सम्भव भएको छैन ।

उनी गत सिजनको सुरूवातमा म्यान युनाइटेड भित्रिएका थिए । सन् २००९ मा म्यान युनाइटेड छाडेका उनी फेरि पुरानो क्लब फर्किएका हुन् । तर, यसपटक उनको प्रदर्शन अपेक्षाकृत रहन सकेको छैन ।

उनले गत सिजन म्यान युनाइटेडका लागि ३८ खेलमा २४ गोल गरेका थिए । तर, म्यान युनाइटेडले घरेलु लिगको प्रदर्शन च्याम्पियन्स लिगमा समेत नछोट रह्यो । सोही कारण रोनाल्डो निराश देखिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *