चित्रबहादुर केसी भन्छन्- विदेशी हस्तक्षेपविरुद्ध एकजुट बनौँ
रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले नेपालको हित नचाहेको बताएका छन् । विभिन्न योजनाका साथ नेपालमा हस्तक्षेप गरिरहेको भारतले नेपालको भूगोलमा मूल बाटो बनाएको उनको आरोप छ ।
भारतले नेपालको हित नचाहेको उल्लेख गर्दै नेपाललाई सधैँभर अस्थिर बनाएर नेपाललाई आफ्नो अनुकूलमा चलाउने भारतको योजना रहेको केसीको भनाइ छ ।
अखिल नेपाल आदिवासी जनजाति सम्मेलनले रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै भारतीय जनतासँग कुनै गुनासो नभएको तर भारतबाट नेपाल असुरक्षित रहेको उनको दाबी छ ।
नेपाली भूमि भारतले अतिक्रमण गर्दा पनि राज्य बोल्न नसकेको बताउँदै भारतलगायत विदेशी सक्तीहरूसँग सम्झौताहीन संघर्ष गर्नुपर्ने बताउँदै देशको अस्मिता जोगाउन देशभक्ति शक्तिले कुरा बुझ्न जरुरी रहेको अध्यक्ष केसीको तर्क छ ।
बहुदलीय व्यवस्था आएपछि विदेशी शक्ति केन्द्रहरू र युरोपियन युनियनहरूले नेपालमा जातीय मुद्दा उठाएर जातजातिमा विभाजन ल्याएर जबरजस्त संघीयता घुसाइदिएको दाबी गर्दै अध्यक्ष केसीले भने, ‘त्यसको विरोध सडकदेखि सदनसम्म राष्ट्रिय जनमोर्चाले मात्रै गरेको छ ।’
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष चित्रबहादुर केसीले संघीयता, एमसीसी, एसपीपी, नागरिकता विधेयक, विभिन्न कालखण्डमा भएका असमान सन्धि सम्झौता खारेज नहुँदासम्म नेपाल स्वतन्त्र देश बन्न नसक्ने बताए ।
उनले भारतलगायत साम्राज्यवादी सक्तीहरूसँग झुके नेपाल संकटमा पर्ने बताउँदै विदेशी हस्तक्षेपसँग संघर्ष गर्नुको विकल्पै नभएको दाबी गरे । जातीय र क्षेत्रीय राजनीतिबाट नेपाललाई मुक्त गर्नुपर्ने बताउँदै नेपालमा आदिवासी जनजाति को हो भनेर छुट्टाउनका लागि वैज्ञानिक ढंगले खोज अनुसन्धान गर्नुपर्ने उनले बताए ।
वामपन्थी नेता दुर्गानाथ खरेलले जातीय र क्षेत्री मुद्दा हाबी हुँदा वर्गीय मुद्दाहरु ओझेलमा परेको बताउँदै कम्युनिस्टहरू वर्गीय मुद्दामा उभिनुपर्ने बताए ।
भारतको दलाली गर्ने गठबन्धनमा सहभागी भएर हस्तक्षेपको कुरा गर्न लाज लाग्दैन?
मलाई यी मान्छे पहिला त ठिकै लाग्थ्यो अब त कुइएको अण्डा वरावर लाग्छ कम्युनिस्ट नामका.. छिछिछी