नेपाल निजामती कर्मचारी संगठन बागमती प्रदेशमा शाहको नेतृत्व – Nepal Press

नेपाल निजामती कर्मचारी संगठन बागमती प्रदेशमा शाहको नेतृत्व

हेटौँडा । नेपाल निजामती कर्मचारी संगठनको बागमती प्रदेश कार्यसमितिको प्रथम अधिवेशनले वरुण कुमार साहको नेतृत्वमा २९ सदस्य कार्यसमिति चयन गरिएको छ ।

शनिवार हेटौँडामा सम्पन्न प्रथम अधिवेशनले उपाध्यक्षहरूमा राजेन्द्रकुमार दराइ, प्रमीला केसी तथा युवराज थापालाई चयन गरेको छ । अधिवेशनले महासचिवमा हेमकुमार पाठक, सचिवहरूमा दीपकराज तिमल्सीना, गणेश थापा, देवीदत्त घिमिरे तथा कोषाध्यक्षमा विष्णु ढुंगानालाई चयन गरेको छ ।

सदस्यहरूमा गणेश केसी, हरिबहादुर रायमाझी केशव शर्मा, सोमनाथ लामिछाने, मोहन कार्की कमलप्रसाद भुर्तेल, अनुप केसी, मुकुन्द कुमार खड्का, रवीन्द्र कँडेल, गीता छगुन्ना, टंक सिवाकोटी, टेकनाथ काफ्ले, पवनकुमार ठाकुर, छत्रबहादुर माझी शान्तिराज मैनाली, प्रतिमा सापकोटा, गोकुल सिल्वाल लगायतलाई चयन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर