‘पापाकी परी’ विवादमा परेपछि ‘पेटिकोट’को दृश्य हटाइयो – Nepal Press

‘पापाकी परी’ विवादमा परेपछि ‘पेटिकोट’को दृश्य हटाइयो

काठमाडौं । भिडिओ सार्वजनिक भए लगत्तै निकै विवादित बनेको तिज गीत ‘पापाकी परी‘बाट केही दृश्यहरू हटाइएको छ ।

गीतमा समावेश पेटिकोटको दृश्यहरू हटाइएको निर्माण पक्षले जनाएको छ ।

करिश्मा ढकाल लगायतका अभिनय रहेको गीतको सो दृश्य निकै भाइरल र आलोचित बनेको थियो ।

शिव हमालको रचना रहेको सो गीतमा आशिष अविरलको संगीत र सुशीला पाठकको स्वर रहेको थियो ।

https://youtu.be/OboRa3l4gSk


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *