बुबाआमाको नयाँ यात्रामा मानुषीको साथ, चुनाव लड्ने चर्चासँगै बनिन् केन्द्रीय सदस्य – Nepal Press

बुबाआमाको नयाँ यात्रामा मानुषीको साथ, चुनाव लड्ने चर्चासँगै बनिन् केन्द्रीय सदस्य

काठमाडौं । आसन्न निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेकी युवा नेता मानुषी यमी भट्टराई (अस्मिता सिंह) नवगठित नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिमा समेटिएकी छन् ।

अध्ययनशील युवाको छवि बनाएकी मानुषी सो पार्टीको १८९ सदस्यीय केन्द्रीय समितिको १० औँ वरियतामा छिन् । पहिलो वरियतामा पिता डा. बाबुराम भट्टराई छिन् भने आमा हिसिला यमी सातौँ वरियतामा छिन् ।

यस पटक काठमाडौंको कुनै क्षेत्रबाट मानुषी प्रतिनिधिसभाको उम्मेदवार बन्ने सम्भावना छ । उनलाई तत्कालीन जसपाका युवा नेताहरूले काठमाडौँ ५ वा ७ बाट उम्मेदवार बन्न आग्रह गरेका थिए ।

काठमाडौं ७ बाट २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा हिसिला यमी निर्वाचित भएकी थिइन् भने २०७० मा उनी सोही क्षेत्रमा पराजित भएकी थिइन् ।

मानुषीको मामाघर काठमाडौंको नरदेवीमा छ । उनका हजुरबुबा हिसिला यमीमा पिता धर्मरत्न यमी २००८ सालमा मातृका प्रसाद कोइराला प्रधानमन्त्री भएका बेला मन्त्री बनेका थिए ।

नेवा: भाषा आन्दोलनका अगुवा धर्मरत्न यमी काठमाडौं असनमा जन्मिएका थिए । राजनीतिमा मानुषीको मावलीतर्फबाट उनी तेस्रो पुस्ताकी सदस्य हुन् भने घरतिरबाट दोस्रो पुस्ताकी ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर