देशलाई ठूलो राजनीतिक दुर्घटनाबाट जोगाउन गठबन्धन : नेता सिंह – Nepal Press

देशलाई ठूलो राजनीतिक दुर्घटनाबाट जोगाउन गठबन्धन : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अवसर पाउँदा काम नगर्नेहरूबाट देशलाई बचाउन गठबन्धन बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ मा रहेको गुह्येश्वरी माविको विद्यालय भवन उद्घाटनमा पुगेका नेता सिंहले पटक–पटक जनताको जनमतको अपमान गर्नेहरू अहिले रोइकराई गर्न थालेको टिप्पणी उनले गठबन्धन बनाएर मुलुकलाई ठुलो राजनीति दुर्घटनाबाट जोगाउनु पर्ने बताए ।

अब मंसिर ४ गतेलाई निर्वाचन तय भइसकेकोले सबैको ध्यान निर्वाचन केन्द्रित भएको र मुलुकमा निर्वाचनको माहौल बन्दै गएको उनको भनाई छ ।

गलत काम गर्ने अरू दल तर त्यसको मार चाहिँ कांग्रेसले खेप्नु परेको भन्दै सिंहले मुलुकलाई संकट पर्दा जहिले पनि कांग्रेस अवसर पाउँदा पार लगाएको र कांग्रेसको योगदानलाई समेत ख्याल गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा नेता सिंहले सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि आफूले प्रयास गरिरहेको भन्दै आफ्नो क्षेत्रमा भएका सबै सामुदायिक विद्यालयको पूर्वाधार विकासमा आफूले विशेष ध्यान दिएको समेत बताए ।

सो विद्यालय भवन कांग्रेस नेता सिंहको पहलमा निर्माण सम्पन्न भएको थियो ।


प्रतिक्रिया

One thought on “देशलाई ठूलो राजनीतिक दुर्घटनाबाट जोगाउन गठबन्धन : नेता सिंह

  1. राजाको पाउमा सत्ता बुझाउने देउवाले संविधान जोगाउने? वाहियात कुरा गर्ने? लुटेर खान गठबन्धन बनाएको सिधै भने भैहाल्यो नि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर