विदेशमा रहेका नेपालीलाई चुनावमा मतदानको अधिकार दिलाउने प्रयास हुँदैछ-प्रचण्ड (भिडिओ) – Nepal Press

विदेशमा रहेका नेपालीलाई चुनावमा मतदानको अधिकार दिलाउने प्रयास हुँदैछ-प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई पनि चुनावमा मतदानको अधिकार दिलाउने प्रयास भइरहेको बताएका छन् ।

जापानको फुकुओकामा आयोजित नेपाली फेस्टिभल समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार प्रदान गर्न कानूनमा संशोधनका प्रयास भइरहेको बताए ।

उनले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने नागरिकता विधेयक पारित गरेर त्यसको सुरुवात भएको बताए । उनले अब आसन्न निर्वाचनपछि गठबन्धनले बहुमतसहित जितेर स्थिर सरकार दिने दावी गरे ।


प्रतिक्रिया

One thought on “विदेशमा रहेका नेपालीलाई चुनावमा मतदानको अधिकार दिलाउने प्रयास हुँदैछ-प्रचण्ड (भिडिओ)

  1. झुट बोल्दैछन, कोहि पनि नेता बिदेशमा रहेका जनतालाई मतदानको अधिकार दिन चाहदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर